यस संस्थाको सदस्य हुने प्रत्येक ब्यक्तिले प्रत्येक महिना अनिवार्य रुपमा जम्मा गर्नुपर्ने बचत रकमलाई नियमित मासिक बचत भनिन्छ ।
१.१ नियमित मासिक वचत हरेक सदस्यले प्रत्येक महिना अनिवार्य रुपमा न्युनतम रु २०० जम्मा गर्नुपर्दछ । यस रकमलाई ६/६ महिनामा ब्याज प्रदान गरी सावाँमा परिणत गरिनेछ । मासिक बचत जम्मा गरेको ५ बर्ष पछि ५०% रकम झिक्न पाइनेछ । १० बर्ष पुगेपछि ३०% रकम खातामा राखी अरु झिक्न सकिनेछ । बिशेष अवस्था आई परि सम्पूर्ण रकम फिर्ता गर्नुपर्ने अवस्था आएमा सञ्चालक समितिको निर्णय अनुसार फिर्ता हुनेछ ।
१.२ बचत जम्मा गर्ने प्रक्रिया हरेक सदस्यहरु संस्थाको कार्यालयमा आई आफ्नो बचत जम्मा गर्नुपर्नेछ ।
१.३ यस प्रकारको बचतमा पासबुक प्रदान गरिनेछ । वचत जम्मा गर्दा नगदी रसिद समेत काट्नुपर्नेछ । हरेक सदस्यको ब्यक्तिगत बचत खाता खोली सोहि दिननै सदस्यहरुको व्यक्ति गत खातामा चढाइनेछ ।
१.४ बचत गरेको रकममा ३६५ दिनको आधारमा तोकिएको प्रतिशतले व्याज प्रदान गरिनेछ । व्याज हिसाबको लागि दिनको गणना गर्दा बचत गरेको मितिदेखि नै दैनिक गणना गरिनेछ ।
१.५ कुनै सदस्यलाई ऋण आवश्यक भएमा ऋण नीतिको अधिनमा रही आफ्नो मासिक बचत रकमको धन जमानी राखी कर्जा लिन सकिनेछ ।
१.६ सदस्यले बचत रकम धन जमानी राखी कर्जा लिएको भएता पनि सम्पूर्ण मासिक रकममा तोकिएको व्याज नियमित रुपमा दिइनेछ ।
१.७ नियमित मासिक बचतमा जम्मा भएको रकममा प्राप्त हुने व्याजलाई पौष मसान्त र असार मसान्तमा पुँजीकरण गरिनेछ ।
ऐच्छिक बचत भन्नाले सदस्यहरुले आफूसँग पैसा भएको बखतमा जुनसुकै बेला जति पनि रकम जम्मा गर्न सक्ने र आफूले चाहेको अवस्थामा न्यूनतम् मौज्दात राखी सदस्यले फिर्ता लिन सक्ने वचतलाइ जनाउने छ । जम्मा गर्ने प्रकृया –
२.१ यस प्रकारको बचत सदस्यहरुले आफूसँग पैसा भएको बखतमा जुनसुकै वेलामा पनि जम्मा गर्न र फिर्ता लिन सक्नेछन र जम्मा गर्दा रु १०० भन्दा कम रकम जम्मा र फिर्ता गरिने छैन् ।
२.२ रकम फिर्ता लिदा भुक्तानी पुर्जामा (चेक) काटी हस्ताक्षर जाच गरी भुक्तानी पुर्जा लिएर आउने जोसुकैलाई पनि दिन सकिनेछ । तर हाललाई यो व्यबस्था लागु नगरुन्जेललाई भपाई गरि निकाल्न सकिनेछ ।
२.३ यस खातामा न्यूनतम ५००।– राख्नुपर्नेछ ।
२.४ यस प्रकारको बचतमा ब्याज गणना गर्दा दैनिक मौज्दातको आधारमा ६/६ महिनामा गरिन्छ । यस प्रकारको बचतमा पासबुक र भुक्तानी पुर्जा उपलब्ध गराईनेछ । वचत जम्मा गर्न आउदाको समयमा दरखास्त नमुना कार्ड उपलब्ध गराईन्छ ।
२.५ यो खाताबाट रु.१००००० भन्दा माथिको रकम निकाल्न चाहेमा १ दिन अगाबै सुचना दिनुपर्नेछ ।
बाल बचत भन्नाले शेयर सदस्यका छोराछोरी नातीनातिना एंवम धर्मपुत्र धर्मपुत्री १६ बर्ष मुनिका बालबालिकाहरुका लागि शेयर सदस्य संरक्षक हुने गरी बच्चाको नाममा जम्मा गरिएको बचतलाई जनाउने छ ।
जम्मा गर्ने प्रकृया –
३.१ शेयर सदस्य संरक्षक रहने गरी वच्चाको नाममा छुट्टै बाल बचत खाता खोलि रकम जम्मा गरिनेछ ।
३.२ यस प्रकारको बचतमा मासिक न्यूनतम १००।– रुपैयाँ हुनेछ । प्रत्येक महिना रसिद काटी पासबुक र ब्यक्तिगत खातामा जम्मा गरिनेछ । पासबुक जारी गरिनेछ ।
३.३ यो रकम वालवालिकाको उमेर १६ बर्ष नपुगे सम्म फिर्ता गर्न पाइने छैन । तर बच्चाको मृत्यु भएमा सिकिस्त बिमारी भै औषधि उपचार एवं अध्ययन गर्न घर परिवारले नसक्ने अवस्था भएमा घर परिवार बसाईसराई गरी अन्यत्र गएमा सञ्चालक समितिको निर्णय अनुसार रकम फिर्ता दिइनेछ ।
३.४ सम्बन्धित बच्चा १६ बर्ष पूरा भएपछि आवश्यक प्रकृया पूरा गरी सोहि बचतबाट न्यूनतम शेयर खरिद गर्न लगाई सदस्यता प्रदान गरिनेछ । बाँकी रहेको यस प्रकारको बचतलाई मासिक बचतमा परिणत गरी सोही अनुसारको ब्याज गणना गरिन्छ । बाल वचतकर्ता पुरुष भएमा बिदाईकासाथ बचत फिर्ता गरिनेछ ।
३.५ यदि कुनै सदस्यले उमेर नपुगी खाता वन्द गरेमा रु.२००। र समयअवधी पुरा भई खाता वन्द गर्न चाहेमा रु.१००। खाता वन्दी खर्चबापत कटाईनेछ ।
चाड पर्व बचत भन्नाले आफ्नो धर्म संस्कृति अनुसार चार्डपर्व मनाउनको लागि मासिक रुपमा जम्मा गरी आफ्नो तोकिएको चाडमा निकाल्न पाउने गरी जम्मा गरिएको बचतलाई जनाउने छ । यसको न्यूनतम दर ५००।– जम्मा गरिनेछ । आफूले तोकेको पर्वमा एक महिना अगावै खातामा न्यूनतम २००।– राखी निकाल्न पाईनेछ । पून : अर्को बर्षको लागि रकम जम्मा गर्दै जानुपर्दछ । यसको ब्याज गणना मासिक बचतमा जस्तै गर्न सकिनेछ तर ब्याजदर भने फरक हुनसक्नेछ ।
४.१ यदि कुनै सदस्यले यस प्रकारको खाता वन्द गर्न चाहेमा रु.१००। खाता वन्दी खर्चबापत कटाईनेछ ।
सदस्यहरुको हितलाई मध्यनजर गर्दै दैनिक आम्दानी गर्ने सदस्यहरुका लागि यस प्रकारको बचत संचालन गरिनेछ । यसरी दैनिक रुपमा सदस्यहरुले जम्मा गर्ने प्रकृतिको बचतलाई दैनिक बचत भनिन्छ ।
बचत जम्मा गर्ने प्रक्रिया ः–
५.१ प्रत्येक दिन संस्थाले दैनिक बचत जम्मा गर्नको लागि सदस्यहरुको घर तथा व्यवासायिक स्थलमा संस्थाका प्रतिनिधिहरु खटाउनेछ । यसमा सहभागी हुने सदस्यले प्रत्येक दिन न्युनतम १०० देखि माथि जम्मा गर्ने सक्नेछन ।
५.२ नियमित जम्मा गरेको बचत सोहि दिन संस्थामा ल्याई दैनिक बचत खातामा जम्मा गर्नुपर्नेछ । कुनै कारणवश ल्याउन नसकेमा भोलीपल्ट अनिवार्य रुपमा ल्याउनुपर्दछ ।
५.३ यस प्रकारको बचतमा बचतकर्ताले वचत गरेको १ महिना पछि १०% रकम आफ्नो खातामा राखी अरु फिर्ता लिन सक्नेछन ।
५.४ यस प्रकारको वचतमा ब्याज गणना गर्दा दैनिक रुपमा गरिनेछ र ६÷६ महिनामा व्याज प्रदान गरीनेछ ।
५.५ यसरी यस प्रकारको वचत खाता वन्द गर्नुपरेमा रु.१००। खाता वन्दी खर्चबापत कटाईनेछ ।
आवधिक बचत भन्नाले निश्चित रकम निश्चित समयावधि पछि सम्पूर्ण रकम फिर्ता पाउने गरी राखिएको बचतलाई आवधिक बचत भनिन्छ । यस प्रकारको बचत न्यूनतम १–३ बर्ष सम्मको समयावधिको लागि हुनेछ । निश्चित समयावधि पुगेपछि सो रकम फिर्ता गर्न नचाहेमा पून: नविकरण गरी पूर्व निश्चित अवधिका लागि राखिनेछ । यस प्रकारको बचतलाई ब्याज ३÷३ महिनामा गणना गरि निजको ऐच्छिक खातामा चढाइने छ र अन्य अवस्थामा संचालक समितिको निर्णय अनुसार गरिनेछ ।
६.१ सदस्यले आवधिक बचत खातामा रकम जम्मा गर्न चाहेमा कम्तीमा रु.५०,०००। र बढीमा संस्थाले स्वीकार गरेसम्मको रकम जम्मा गर्न सक्नेछन् ।
६.२ आवधिक बचतमा समितिले निर्धारण गरेको निम्नानुसारको व्याज प्रदान गरिनेछः
क) एक वर्षे ११%
ख) दुई वर्षे ११.५ %
ग) तीन वर्ष १२ %
६.३ आवधिक बचतमा बचत गरेको मितिदेखि नै वर्षको ३६५ दिनको आधारमा दैनिक व्याज गणना गरिनेछ।
६.४ आवधिक खाता खोल्ने सदस्यले अनिवार्य रूपमा ऐच्छिक खाता खोल्नु पर्नेछ ।
६.५ प्रत्येक त्रैमासिक व्याज रकमलाई सदस्यको ऐच्छिक खातामा जम्मा गरिनेछ ।
६.६ जुन वर्ष जुन व्याजदरमा रकम जम्मा गरेको हो सोही व्याजदर सा“वाको अन्तिम भुक्तानी मितिसम्म कायम रहनेछ ।
६.७ यसरी जम्मा गरिएको रकम निश्चित अवधि नपुगी झिक्न पाइने छैन । तर सदस्यलाई जम्मा भएको रकम निश्चित अवधि नपुग्दै झिक्नु परेमा बचत गरेको आवधिक बचत रकमको ९०% सम्म ऋण लिन सकिनेछ ।
६.८ यसरी लिइएको ऋणमा आफूले पाउने व्याज दरमा २ % थप व्याज तिर्नु पर्नेछ । तर, सेवा शुल्क भने बुझाउनु पर्ने छैन ।
६.९ निश्चित अवधिपूरा भएपछि नयाँ सम्झौता नगरेमा म्याद समाप्त भएको मितिदेखि सो रकममा व्याज दिइने छैन ।
६.१० संस्थाको आवश्यकताअनुसार आवधिक बचत रकम लिने वा नलिने निर्णय गर्ने अधिकार संस्थामा सुरक्षित रहनेछ ।
शिक्षा बचत भन्नाले शेयर सदस्यका छोराछोरीहरुलाई बिद्यालाय तथा उच्च शिक्षा पठनपाठनका लागि सहयोग पुगोस भनि मासिक रुपमा जम्मा गरिेएको रकमलाई शिक्षा बचत भनिनेछ । यस बचतको रकम शेयर सदस्यको छोराछोरीको नाममा राखिने छ ।
७.१ जुनसुकै बेला पनि यस् किसिमको खाता खोल्न पाइनेछ ।
७.२ यो खाता खोल्दा शेयर, संस्था विकास र प्रवेश शुल्क लाग्ने छैन । बचत रु २०० बाट खाता खोल्न सकिने छ।
७.३ न्यूनतम् रु १००/– देखि माथि जति पनि रकम जम्मा गर्न पाइनेछ ।
७.४ यस बचतमा जम्मा भएको रकम बच्चा स्कुल वा कलेज भर्ना गर्ने समयमा र मासिक शुल्क तिर्न समस्या परेमा पनि निकालिनेछ ।
७.५ यस प्रकारको वचत खाता वन्द गर्नुपरेमा रु.१००। खाता वन्दी खर्चबापत कटाईनेछ ।
कारोबार बचत भन्नाले सदस्यहरुले आफनो दैनिक कारोबार संचालन गर्नका लागि सजिलो होस भन्नाका लागि आफनो आबश्यकता अनुसार जम्मा गरिेएको बचत लाई कारोबार बचत भनिन्छ । बिमा कम्पनि सँग सम्झौता भई बिमा गरिैको सदस्यको रकम यहि खाताबाट भुक्तानी गरिनेछ ।
८.१ यस बचत खातामा मासिक रुपमा न्युनतम रु.२०० र सो भन्दा बढि पनि गर्न सकिनेछ ।
८.२ रकम फिर्ता लिदा भुक्तानी पुर्जामा (चेक) काटी हस्ताक्षर जाच गरी भुक्तानी पुर्जा लिएर आउने जोसुकैलाई पनि दिन सकिनेछ । तर हाललाई यो व्यबस्था लागु नगरुन्जेललाई भपाई गरि निकाल्न सकिनेछ ।
८.३ सदस्यहरुको जीबन शुरक्षाको लागि संस्थाले एल.आई. सी मार्फत लघु जीबन बीमा कार्यक्रम संचालन गरेको छ ।
८.४ मासिक रुपमा संस्थामा बिमा बचत खाता खोलेर वार्षिक तिर्नु पर्ने रकम एकमुष्ट निकालेर संस्थाले नै बिमा कम्पनीमा बुझाइदिने ब्यबस्था रहेको छ ।
८.५ यस बचत मा न्युनतम रु.२०० राख्नुपर्नेछ ।
संचयकोष बचत भन्नाले कर्मचारीहरुको लागि उनीहरुको मासिक तलब र संस्थाले थप गरी कर्मचारीको नाममा तोकिएको समयमा नियमित रुपमा जम्मा गरिएको रकमलाई जनाइनेछ । यो रकम जम्मा गर्दा कर्मचारीको नाम, संस्थाको नाम, पद प्रष्ट रुपमा खुलाएर छुट्टै खातामा राखीनेछ ।
यस प्रकारको रकम फिर्ता गर्दा संम्बन्धित संस्थाको सिफारिसद्धारा प्राप्त ५ बर्ष पछि ४०% रकम निकाल्न पाइनेछ । तर कर्मचारीले जागिर छोडेको हकमा पूरै रकम फिर्ता गर्न पाउनेछ ।
९.१ संस्थामा कार्यरत कर्मचारी पाउने पारिश्रमिकको १० प्रतिशत रकम निजको तलब बाट र १०% रकम सस्थाले थप गरि यो बचत खाता खोलिन्छ
९.२ यस खातामा व्याजदर ६/६ महिनामा प्रदान गरिनेछ ।