मिति २०५५ बैशाख १९ गते सृजनात्मक महिला बाताबरण बिकास संस्थाको अध्यक्ष सुश्री सुभद्रा गुरुड.को सहयोग तथा संयोजकत्वमा धुम्बाराहि वडा नं ४का महिला दिदि बहिनीहरु २२ जना भेला भई सहकारी संस्था स्थापना गर्ने निर्णय गरिएको थियो ।मिति २०५५ बैशाख २० गतेको दोस्रो भेलाबाट संस्थाको नामाकरण गरि तर्दथ संचालक समिति श्रीमति जमुना श्रेष्ठको अध्यक्षतामा गठन गरि समुहगत रुपमा मासिक बचत गर्ने अभिप्रायले मिति २०५५ जेष्ठ १५ गते डिभिजन सहकारी कार्यालयमा दर्ता ३१८ कायम भई संस्थाको उद्धेश्य अनुरुप आयमुलक कार्यमा ऋण लगानी गर्ने निर्णय गरिएको थियो र संस्थाले आफ्ना सदस्यहरुको आयमुलक तथा सिपमुलक कार्यलाई अगाडि बढाउने क्रममा शुरुमा २ वटा मेशिन बाट महिला हरुलाई सिप सिकाई आत्मनिर्भर बनाउने लक्ष राखि अगाडि बढेको थियो । शरुमा संस्थाको कार्यक्षेत्र काठमाण्डौ जिल्ला भरि रहेता पनि हाल सम्म संस्थाले संस्थाको कार्यक्षेत्र भित्रका सम्पुर्ण भेगमा आफ्नो पहुंच पुर्याउन नसकेको र आजको दिन सम्म आई पुग्दा संस्थाले बिभिन्न आरोह अबरोह का बाबजुत आफ्नो लक्ष कायम राख्नका लागि सदस्यहरुको पुर्ण सहयोग र सहभागिता निरन्तर पाई आजको अबस्था मा रहन सबल रहेको छ । संस्थाको कार्यक्षेत्रमा बिभिन्न जातजाति तथा अस्थाई एवं स्थाई रुपमा बसोबास गर्ने जनघनत्व बढि रहेको र सबै सदस्यहरुको समान आयस्तर तथा कार्यहरु समान नहुने हुँदा संस्थाको आफ्नो लक्ष पुरा गर्ने केहि कठिनाई हरु रहेको पाईन्छ भने संस्थाको आफ्नो मुख्य उद्धेश्य नै महिलाहरुलाई अभिप्रेरित गर्ने रहेको र महिलाहरुको सम्पतिमा आफ्नो स्वामित्व नरहेको अबस्थामा सो कार्यलाई स्थापित गर्न एवं उत्प्रेरित तथा पिछडिएका बर्ग लाई अगाडि ल्याई सो को जनचेतनाको प्रचुर रुपमा प्रचार प्रसार गर्ने कार्य कमि रहेको र सो को लागि आवस्यक तथा निश्चित उद्धेश्य राखि रणनितिक योजना अनुसार कार्य संचालन गरिने छ ।